Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वेस्ट इन्डिजका पुर्व खेलाडी चन्द्रपाल बने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक

नेपाल क्रिकेट लिग (एनपीएपल) को च्याम्पियन टिम जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पुर्व खेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।  मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई मुख्य प्रशिक्षक बनाएको हो ।

एनपीएलको पहिलो सिजनमा पुबुदु दासानायकेले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए ।  ५१ वर्षे चन्द्रपाल वेस्ट इण्डिजका महान क्रिकेटर मध्ये एक हुन् । उनी आईसीसी हल अफ फेममा समावेश भइसकेका क्रिकेटर समेत हुन् । 

चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाएका छन् ।

२०२२ मा चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बनेका थिए भने सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए । 

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्समा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री लगायतका खेलाडी रहेका छन् ।