Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

धवल समुहको अल्टिमेटमप्रति लिङदेनको टिप्पणी- काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

राप्रपामा फेरी विवाद बढेको छ । महामन्त्री डा. धवलशमशेर राणासहितका नेताहरुले महाधिवेशनको मिति तोक्न नेतृत्वलाई अल्टिमेटम दिएपछि अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिक्रिया दिदै यसलाई 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको संज्ञा दिएका छन् । 

राणा पक्षका नेताहरुले आइतबार भेला गर्दै अध्यक्ष लिङदेनले मङ्सिर १८ अघि महाधिवेशनको मिति घोषणा नगरे विशेष महाधिवेशनको माग गर्ने तयारीमा लाग्ने निष्कर्ष निकालेको थियो । 

त्यसको जवाफमा अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले भनेका छन्- 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भने जस्तै देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गरेको,संकट गहिरिँदै गएको बेला पार्टी चलाउँछु, परिआए देश चलाउँछु भनेर धक्कु लाएर उमेर बिताएका मानिसहरू पेटी इन्ट्रेस्ट 'पिटी इन्टरेस्ट' मा दौडेको देख्दा दया लागेर आउछ ।