Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कस्तो छ अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था?

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् ।

हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । राष्ट्रपति पौडेलले जेनजी युवाहरुसँग छलफल गरिरहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

उनलाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो ।

ram1760180307.jpg
undefined