Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला क्रिकेट विश्वकप: न्यूजील्याण्डको बंगलादेशमाथि सय रनको जित

न्यूजील्याण्डले जारी महिला क्रिकेट विश्वकपमा बंगलादेशलाई १०० रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले दिएको २२८ रनको लक्ष्य पछाएको बंगलादेश ३९.५ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाएपछि न्यूजील्याण्ड १०० रनले विजयी भएको हो ।

यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

यो यस विश्वकपमा न्यूजील्याण्डको तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै बंगलादेशले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

विश्वकप अन्तर्गत आज श्रीलंका र इङल्याण्ड खेल्ने तालिका रहेको छ ।