Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ब्राजिलको फराकिलो जित

फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई पराजित गरेको छ । शुक्रबार सोलस्थित वर्ल्ड कप स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५-० गोल अन्तरले पराजित गरेको हो । 

ब्राजिलको जितमा एस्टेभाओ र रोड्रीगोले २-२ गोल गरेका थिए भने भिनिसियस जुनियरले एक गोल गरेका थिए । 

यस अन्तर्राष्ट्रिय ब्रेकमा ब्राजिलले अब अर्को खेल अक्टोबर १४ मा जापानविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दक्षिण कोरियाले अक्टोबर १४ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।