Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सरकार दायित्वबाट भाग्यो,  ओली सुरक्षा गर्न सक्षम छौं: महेश बस्नेत

नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा आफुहरुले दिने बताएका छन् । 

नेता बस्नेतले सरकारले ओलीको सुरक्षा कटौती गरेर गम्भीर त्रुटी गरेको उल्लेख गर्दै सरकार आफ्नो दायित्वबाट भागेको टिप्पणी गरेका हुन्  । उनले  दायित्वबाट सरकार भागेको अवस्थामा, आफुहरु अध्यक्ष ओलीको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएका छन् ।

उनले भनेका छन्- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती  सरकारको गम्भीर त्रुटी हो । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय हो । पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारको सबै सरकारको कानुनी र नैतिक दायित्व हो । यो दायित्वबाट सरकार भागेको अवस्थामा, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौं । देश र नेतृत्वको सम्मान अग्रह भन्दामाथि रहेर गरौँ ।