Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुन आयातको सीमा बढाइयो, अब दैनिक २५ किलो ल्याउन सकिने

नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको हो । 

त्यस्तै राष्ट्र बैंकले नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म वा कम्पनी संस्था वा शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकमबाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म (एकपटक वा पटक (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने व्यवस्था गरेको छ । यस अघि यो २० लाखसम्म रहेको थियो । 

यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका पहिचानका कागजातहरू लिएको हुनु पर्ने बैंकले जनाएको छ । 

त्यस्तै यस परिपत्र बमोजिम भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । यस अघि यसमा मासिक रुपमा बुझाउनुपर्छ भन्ने रहेको थियो ।