Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वत्रन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आश्विन २२ गतेको पार्टी सचिवालयको बैठकको निरन्तरता अनुरुप आज पनि सचिवालयको बैठक बस्न लागेको हो । 

बैठक बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय, वनस्थलीमा हुने उनले बताए । बैठकमा  विस्तारित बैठकको एजेण्डा तय गर्ने, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूची बारे छलफल हुने कार्यसूची रहेको छ ।