Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तलब भत्ता नपाएको भन्दै शिक्षक आन्दोलित

रौतहट । रौतहटको गुजरा नगरपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब भत्ता नपाएको भन्दै आन्दोलित भएका छन् ।

उनीहरुले बिगत तिन महिना देखिको तलब भत्ता र चाडपर्व खर्च समेत नपाएको बताएका हुन् । दशैं जस्तो महान चाड बितिसक्दा पनि तलब भत्ता नगरपालिका नदिएको मा.बि कनकपुरका प्रध्यानापक (प्र.अ) मनोज कुमार यादवले बताए ।

Photo (6) (7).jpg

उनका अनुसार  चाडपर्वमा पनि नगरपालिकाले समयमा तलब भत्ता उपलब्ध गराउन नसकेकाले असन्तुष्ट भइ आन्दोलित भएको बताए । यद्यपि अब आउने चाडपर्व अघि नै नगरपालिकाले तलब भत्ता दिनुपर्ने उनको अडान छ । यस विषयमा नगरपालिकामा ज्ञापन पत्र समेत बुझाइएको उनको भनाइ छ । गुजरा नगरपालिका नगरप्रमुख सन्तलाल चौधरीले आन्दोलित  शिक्षकको मागका विषयमा सहमति भैसकेको जानकारी दिए ।

उनका अनुसार साउनदेखि असोज सम्मको तलब भत्ता तथा चाडपर्व खर्च दिपावली अगाडि उपलब्ध गराउने, अब उपरान्त शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुत्तानी गराउने, सामुदायिक विधालयहरुको प्रमुख जिल्ला अधिकारी रित्त भएमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रमुख जिल्ला अधिकारी छनौट गर्ने र बालविकास शिक्षकहरुको हकमा नगरपालिकाबाट थप गरिएको रकम सहित  नियमित रुपमा दिने सहमति भएको छ । नगरपालिकासँग भएको निर्णय वा सहमतिलाई पालना गर्न शिक्षकहरुले माग गरेका छन् ।

Photo (6) (7).jpg
undefined