Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । यसअघि आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हो ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले आइतबारको बैठक आजका लागि सारिएको थियो ।

यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको बताइएको छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।