Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आजपनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ र अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ३०२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २९५५ मा कारोबार भएको थियो ।