Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा अलपत्र परेका चार पर्यटकको उद्वार

दोलाखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्वार गरिएको छ ।

उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए ।

उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् । उनीहरुलाई असोज २३ गते बिहान करीव १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको छ ।