Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेप्सेमा ४ प्रतिशतको वृद्धि, २० मिनेटका लागि कारोबार बन्द

नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो ।

बुधबार राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाएपछि लगातार घटिरहेको नेप्से आज बढेको छ ।

साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेको छ ।