Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल र भियतनाम आज भिड्दै, कस्तो छ हेड टु हेड ?

नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ ।

भियतनाम नेपालभन्दा बलियो टिम हो । फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा रहेको छ । जबकी नेपाल हाल १७६औं स्थानमा छ । नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक खेल्दैछ । २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।  नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो ।

आज हुने नेपालको अवे खेल हो । यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोट खेल्न किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली भियतनाम पुगेको छ ।  नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की,  कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका दुई खेलमा दुवैमा हार बेहोरेको छ । नेपालले मलेसियासँग २-० र लाओससँग २-१ ले हार बेहोरेको छ । त्यस्तै भियतनामले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । भियतनाम मलेसियासँग ४-० ले पराजित भएको थियो भने लाओसलाई ५-० ले पराजित गरेको थियो ।