Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अग्नि सापकोटाले फिर्ता गरे सरकारी गाडी

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् ।

सरकारले पूर्व पदाधिकारीहरूलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै सापकोटाले गाडी फिर्ता गरेका हुन् ।दसैँलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार सापकोटाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेका हुन् ।

‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको  BAC 2731 नम्बरको सवारी साधन दसैँलगत्तै कार्यालय खुलेको पहिलो दिन २०८२ असोज २१ गते मंगलबार संसद् सचिवालयलाई फिर्ता गरिएको जानकारी गराउँछौँ।,’सापकोटाको सचिवालयले जारी विज्ञप्ति भनिएको छ ।

image-6.png
undefined