Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हरेक दिन नयाँ किर्तिमान बनाउदै सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी तोलाको २९६० मै कारोबार भएको थियो ।