Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जनमतलाई जेनजी पार्टी भन्दै सिके राउतको आयो यस्तो प्रस्ताव

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीलाई जेनजी पार्टी भन्दै नेपालको समस्याको निकासको रुपमा विभिन्न प्रस्ताव सार्बजनिक गरेका छन् । 

राउतले जेनजीको पार्टी, जनमत पार्टी भन नौलो गणतन्त्रको विकास र समस्याको निकास भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने निर्वाचनमा 'राइट टू रिजेक्ट', 'राइट टू रिकल' को व्यवस्था, विदेशमा रहेका नेपालीबाट मतदानको व्यवस्था हुनुपर्ने प्रस्ताव गरेका छन् ।

साथै उनले ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने  डिजिटल नेपाल, रोजगारीको व्यवस्था, जेनजीको अधिकार सुनिस्चित गर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न, सेवा प्रवाह र विकासमा प्रभावकारी, विज्ञहरू मन्त्रालयमा, सांसद/सभासद मन्त्री नबन्ने, संसदमा ह्वीप लाग्ने, दबाब र स्वार्थ समूहबाट मुक्त संसद्, जनमत-संग्रहबाट पनि ऐन बनाउने उल्लेख गरेका छन् ।

त्यसैगरी न्यायपालिकामा पनि पार्टी भागबण्डामा सरकारद्वारा न्यायाधीश नियुक्त नभई निर्वाचित हुने, निर्वाचन आयोग, अख्तियार सहितका संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित हुने र कर्मचारीतन्त्रको दलीयकरण, भ्रष्टाचार र ढिलासुस्ती हटाउन निजी क्षेत्र जस्तै 'हायर एण्ड फायर' नीति लागु गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी सामाजिक लोकतन्त्रको आर्थिक नीति, नियुक्ति, ठेकापट्टा आदिमा 'कन्फ्लिक्ट अफ इन्टरेस्ट' नहुने सुनिश्चितता,पार्टी, नेताको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्ति, ट्राइब्यूनल गठन गरेर भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबीन गरिने प्रस्ताव गरेका छ ।