Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मलेसियाले दोस्रो खेलमा नेपाललाई दियो ९२ रनको चुनौती

मलेसियाले अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाललाई ९२ रनको चुनौती दिएको छ।

मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको हो।

उसका लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन्।

बिहीबार भएको पहिलो खेलमा तीन रनले पराजित भएको थियो। पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको थियो। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।