Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वेस्ट इन्डिडविरुद्धको अन्तिम खेलमा टस हारेर नेपाल ब्याटिङको गर्दै, टीममा तीन परिवर्तन

वेस्ट इन्डिडविरुद्धको अन्तिम खेलमा टस हारेर नेपाललाई ब्याटिङको निम्तो पाएको छ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिडविरुद्धको अन्तिम खेलमा तीन परिवर्तन गरेको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यो खेलमा वेस्ट इन्डिजले टस जितेको छ । वेस्ट इन्डिजका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले यस खेलमा पनि पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेल १९ रनले र दोस्रो खेल ९० रनले जितेको थियो ।

अब सिरिजको अन्तिम खेल जितेर नेपालले क्लीन स्वीपको दाउमा रहेको छ भने वेस्ट इन्डिजले सान्त्वना जितको खोजि गर्नेछ । नेपालले टेस्ट खेल्ने देशमाथि लगातार दुई खेलमा जित हासिल गरेर ऐतिहासिक सफलता हासिल गरेको छ ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । आज आसिफ सेख, ललितराज बंशी र दिपेन्द्र सिंह ऐरीको स्थानमा शहाब आलम, लोकेश बम र आरिफ सेख प्लेइङमा रहेका छन् ।