Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टुडिखेलमा नेपाली सेनाद्वारा भव्य फूलपाती बढाइँ समारोह (तस्बिर)

बडादसैँको सातौँ दिन आज नेपाली सेनाले राजधानीको टुडिखेलमा परम्परागत फूलपाती बढाइँ समारोह सम्पन्न गरेको छ। नेपाली सेनाले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपस्थित भई सेनाको टुकडीबाट प्रदान गरिएको मानार्थ सालामी ग्रहण गरे।

PRO-KTM-7R9A7567.JPG

समारोहमा विभिन्न गण तथा गुल्मका टोलीले मार्चपास गर्दै सांस्कृतिक एवं सैन्य प्रदर्शन प्रस्तुत गरेका थिए। गोर्खाबाट ल्याइएको फूलपातीको अंशसहित नेपाली सेनाको विशेष टोलीले प्रदर्शनी गरेका दृश्यहरूले दर्शकलाई आकर्षित गरेको थियो।

PRO-KTM-7R9A7491.JPG

बडादसैँको अवसरमा दरबारमार्ग हुँदै टुडिखेल ल्याइने फूलपाती परम्परागत रूपमा विजय, ऐक्यबद्धता र शुभकामनाको प्रतीक मानिन्छ। नेपाली सेनाले हरेक वर्षझैं यस वर्ष पनि विधिवत् पूजा र सैन्य सम्मानका साथ फूलपाती बढाइँ सम्पन्न गरेको हो।

RS-KTM-13Asoj-5.JPG

तस्बिर : प्रदीपराज वन्त