Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैकको तर्फबाट एक करोड सहयोग हस्तान्तरण गरेको छ ।

सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

भाद्र २३ र २४ गते मुलुकभर भएको आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो सहयोग गरेको बैंकले जनाएको छ ।