Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुईजना गम्भीर घाइते

सल्यानमा एउटा फोर्स गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।

आइतबार (असोज १२) बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ जाँदै गरेको लु२प ६५०२ नम्बरको गाडी दुर्घटना भएको हो । सल्यानको कपुरकोट गाउँपालिका३, चोरखोलामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एक महिला र दुई पुरुष छन् । मृतकमध्ये एकजना बाँफिकोट गाउँपालिका५ का प्रकाश केसी रहेका प्रहरीले जनाएको छ । अरूको परिचय खुलेको छैन ।

सडकबाट करिब ४०० मिटर तल खसेको फोर्स गाडीमा पाँचजना सवार थिए । एक महिला र एक पुरुष घाइते छन् । उपचारका निम्ति उनीहरूलाई नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।