Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कप्तान रोहितको 'प्लेयर अफ द म्याच अवार्ड' जेनजी शहिदप्रति समर्पित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो प्लेयर अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुप्रति समर्पित गरेका छन् ।

कप्तान रोहितले म्यान अफ द म्याच अवार्ड लिदै आफुले यो अवार्ड जेनजी आन्दोलनमा ज्यान गुमाउने शहिदलाई समर्पित गरेको बताए । नेपालले टेस्ट खेल्ने देशलाई पराजित गरेर क्रिकेटमा नयाँ यात्रा शुरु गरेको भन्दै उनले नेपाली क्रिकेटको यो शुरुवात मात्र भएको बताएका छन् ।

रोहितले वेस्ट इन्डिजविरुद्ध ३८ रन बनाएका थिए भने ३ ओभर बलिङ गरेर २० रन दिदै एक विकेट समेत लिएका थिए ।

शनिबार राति युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै कुनै पनि टेस्ट खेल्ने देशलाई पहिलो पटक पराजित गरेको छ । अब सिरिजको दोस्रो खेल सोमबार हुने छ ।