Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न, कृषिमा आधुनिक प्रविधिमार्फत लगानी गर्ने योजना

अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

554995234_24700551109635488_3615151091025370566_n.jpg

आज शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरुबारे अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

555706399_24700720786285187_9076878051490867408_n.jpg

हाल संस्थाले जलविद्युत, हस्पिटालिटी र सिमेन्ट उद्योगमा लगानी गरेको अध्यक्ष अंगाईले वताए । साथै आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तरगत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन अन्तर्गत एयरलाइन्स र हेलिकप्टर, जलविद्युत परियोजना, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन र बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षण संस्था र स्वास्थ्य सेवा प्रवर्धनमा आँफुहरुले लगानी गर्ने योजना बनाएको उनले बताए ।

555053580_10223242451288918_3195094121909093864_n.jpg

त्यसका लागी विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने समेत उनले जानकारी दिए । साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

555694229_24700715346285731_2381285779308709526_n.jpg

होल्डिङसको सञ्चालकहरु श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहेका छन । साधारणसभामा संस्थाका सल्लाहकारहरु प्रकाशचन्द्र देवकोटा, भिम प्रसाद पन्त, मुक्ति पाण्डे र नारायण रेग्मीले संस्थाको आगामी दिन र व्यवसायीक सफलताका लागी शुभकामना समेत दिएका थिए ।

554921955_24700720779618521_5835329344759014246_n.jpg