Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी खरिदमा विशेष छुट, लक्ष्मी इन्टरनेश्नलसँग सम्झौता

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा सो बैंकका खाता धारक ग्राहकहरूका लागि हुन्डाई गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

मिति २०८२ असोज ९ गते काठमाडौंमा सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले लक्ष्मी इन्टरनेश्नल प्रालिका मुलुको विभिन्न शाखाबाट हुन्डाई ब्रान्डका सवारीसाधन खरिद गर्दा अतिरिक्त छुट पाउनेछन्।

कम्पनीले प्रदान गर्दै आएको नियमित अफरबाहेक गाडीको खरिद रकममा ५० हजारदेखि ८१ हजारसम्म थप छुट प्राप्त हुनेछ। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरनेश्नल प्रालिको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरे।

यस सम्झौता कार्यान्वयनसँगै कर्मचारिहरू र बैंकका खाता धारकहरूले देशभर रहेका लक्ष्मी इन्टरनेश्नलका शाखाहरूबाट हुन्डाईका विभिन्न मोडलका गाडी सहुलियतमा खरिद गर्न पाउने व्यवस्था मिलेको छ।