Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दशैँ तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले दसैँ तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालको प्रावधानअनुसार व्यक्तिगत खातामा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्थालाई बढाएर एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

राष्ट्र बैंकले असोज १३ गतेदेखि २१ गतेसम्म दसैँ अवधि तथा कात्तिक ३ देखि ७ सम्म तिहार अवधिमा व्यक्तिगत वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

राष्ट्र बैंकले यस निर्णयले दसैँ–तिहारका समयमा हुने कारोबारलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

rastra1758863299.jpg
undefined