Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा  सम्मानित भक्तपुर  जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षको लागि कारागार कार्यालय, नख्खुमा रहि गत भदौ २४ गते आन्दोलनको क्रममा भागि फरार भएका प्रतिवादी शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाभक्तपुरका संचालक केदारनाथ शर्मालाई बुधबार ललितपुरको सानेपाबाट पक्राउ गरी नख्खु कारागार बुझाईएको जनाएको छ ।