Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । वार्ताको क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

प्रधानमन्त्री कार्की भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार पतन भएसँगै प्रधानमन्त्री बनेका थिए । जेन—जीको मागअनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।