Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा उपलब्ध

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । 

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।