युरोपमा आधारित बहुराष्ट्रिय कम्पनी Ontex Global ले आफ्ना स्वास्थ्य र हाइजिन उत्पादनहरू अब नेपालमा आधिकारिक रूपमा उपलब्ध गराएको छ। कम्पनीका प्रसिद्ध बेबी डाइपर ब्रान्डहरू BabyCharm र Helen Harper Neom World Trade Pvt. Ltd. मार्फत नेपाली बजारमा बिक्री सुरु गरिएको हो।
Ontex Global, बेल्जियममा मुख्यालय रहेको कम्पनी, ११० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति राख्दै स्वास्थ्य र हाइजिन उत्पादनमा विश्वभर परिचित छ। कम्पनीका उत्पादनहरू युरोपेली मापदण्डअनुसार निर्माण गरिएका छन् — रासायनिक मुक्त, अति-मुलायम, चुहावट-रोधक, छालाविज्ञद्वारा परीक्षण गरिएका (Sensitive Skin Friendly), EU प्रमाणित तथा वातावरणमैत्री (PEFC Certified)।
Neom World Trade Pvt. Ltd. की अध्यक्ष नीशा सेढाईंले आमाबाबुलाई आफ्ना नानीबाबुहरूको लागि डाइपर छान्दा उत्पादनको स्रोत, गुणस्तर, र वातावरणमैत्रीबारे सचेत हुन आग्रह गरिन्। उनले आधिकारिक वितरकबाट मात्र डायपर खरिद गर्न सुझाव दिएकि छन्। नेपालरैबारसङ्गको कुराकानिमा BabyCharm डायपर खरिद गर्दा Made in EU’ र Ontex को लोगो हेर्न बताइन्। BabyCharm डायपरहरू अब भाटभटेनि सुपरमार्केट, S.Y. बजार, र स्थानीय फार्मेसीहरू, तथा पोखराको बाँधना सप्लायर्स मा उपलब्ध रहेको बताइन्।
साथै, डायरेक्ट अर्डरमार्फत पनि खरिद गर्न सकिने व्यवस्था गरिएको उनले भनिन्- दशैं, तिहार र छठको अवसरमा, Neom World Trade ले सम्पूर्ण नेपालीहरूलाई खुशीयाली, समृद्धि र स्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।