Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मलाई मन्त्री नभन्नु, बधाई भनेर फोन नगर्नु र खादा माला लिएर नआउनु: महावीर पुन

महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएपछि आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै पुनले आफुलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने परे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका हुन् । 

साथै उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरेका छन् । पुनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसपमा पठाउन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्- 'मेरो पहिलो घोषणा - कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।'