Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

विपिन जोशीको न्यायको माग गर्दै आमा र बहिनी प्रधानमन्त्री कार्कीलाई भेट्न पुगे सिंहदरबार

हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको न्याय र सुरक्षाको माग गर्दै उनकी आमा र बहिनी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न‍ सिंहदरबार पुगेका छन्।

जोशी परिवारले प्रधानमन्त्रीलाई भेटी विपिनको सुरक्षित उद्धारका लागि नेपाल सरकारको उच्चस्तरीय पहल आवश्यक रहेको आग्रह गरेका छन्। उनीहरूले सरकारलाई अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी इजरायल र हमासबीच भइरहेको वार्तामा सक्रिय भूमिका खेल्न अनुरोध गरेका छन्।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा रहेका छन्। हालै हमासले सार्वजनिक गरेको ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’मा पनि विपिन देखिएका थिए, जसले उनको अवस्थाप्रति थप चिन्ता बढाएको छ।