Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तुइन खोलाको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा

मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोलाको पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पुगेको छ । 

सडक डिभिजन कार्यालय भरतपुरले पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउदै जाँदा वारपार देख्न सकिने भएको छ । दुवैतर्फबाट २/२ वटा उपकरण मार्फत पहिरो फाल्दै आईरहेको छ । थप पहिरो नखसेमा आजै सडक संचालनमा आउने भएको छ ।

शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।