Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रसुवाको पासाङ ल्हामु सडकखण्डमा ठुला सवारी बन्द

रसुवा पासाङ ल्हामु सडक खण्डमा ठुला सवारी पास हुन नसक्ने भएका छन् ।

रसुवा गोसाईकुण्ड गाउँपालिका-३ कुलुङ खोलास्थित पासाङ ल्हामु सडकखण्डमा अबिरल बर्षाको कारण खोलाको बहाब बढ्न गई उक्त खोलामा रहेको १० मिटर लम्बाई, २.५ मिटर चौडाई भएको पक्कि पुलको तल जगको बेशमा खोलाको बहाबले कटान गरी उक्त पुल  जोखिम अवस्थामा रहेको, साना सवारी साधनहरु मात्र पास हुन सक्ने र ठुला सवारी साधन पास हुन नसक्ने भएको छ ।