Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी

वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएका छन् । पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्।

पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।

यस्तै मन्त्रिपरिषद्मा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ। हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन्। कार्की भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्।