Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दशैंको टीकाको कुन देशमा कति बजे छ शुभ साइत?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष नेपालसहित विभिन्न देशमा दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।

शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशको उत्तम साइतबारे जानकारी गराएको हो ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११: ५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिक अनुसार, अक्टोबर २ मा भारतमा ११: ४९, अमेरिकामा अक्टोबर १ मा न्युयोर्कमा ११: २५, फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३ र  क्यालिफोर्नियामा ११:११ रहेको छ । त्यस्तै क्यानडामा अक्टोबर १ मा टोरन्टोमा ११:५५ र भान्कुभरमा बिहान ११: ३३ मा रहेको छ ।

त्यसैगरी अष्ट्रेलियाको सिड्निमा अक्टोबर २ को बिहान ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ । २०८२ सालको दशैं असोज ६ गते घटस्थापना रहेको छ भने असोज १३ गते सोमबार फूलपाती रहेको छ ।

dashai1758368801.jpg
undefined