Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

तुइन खोला नजिक खसेको पहिरो हटाउन शुरु

गएरातीदेखि नै अवरुद्ध भएको  मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक रहेको पहिरो हटाउन शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले हाल दुवै तर्फबाट ३ लोडर र २ एक्स्ट्राभेटरले पहिरो पन्छाउने काम शुरु भएको र थप पहिरो खस्ने क्रम रोकिएमा सडक साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने संभावना रहेको जानकारी दिएको छ ।

गएराती देखि आएको पहिरो झर्ने क्रम नरोकिएपछि पहिरो हटाउन नसकिदा अहिलेसम्म दुवैतर्फको सडक अवरुद्ध रहेको छ ।