Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मुग्लिन-नारायणघाट सडकमा पहिरो खस्न रोकिएन, आज खुल्ने सम्भावना कम

गएरातीदेखि नै अवरुद्ध भएको  मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो खोल्ने क्रम रोकिएको छैन । मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन समय लाग्ने भएको छ ।

सडक डिभिजन भरतपुरले हाल २ वटा लोडर र एउटा एक्स्ट्राभेटर तयारी अवस्थामा  राखिएको जानकारी दिदै पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन शुरु गर्न नसकेको जानकारी दिएको छ । पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ ।

प्रहरीले आज सडक खुल्ने सम्भावना कम रहेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।