Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित

नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् ।

युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

क्यानले भिसाको पहल गरिरहेको र सोमबारसम्म खेलाडीलाई युएईतर्फ पठाउने तयारी भएको बुझिएको छ । नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ । 

आन्दोलनपछि नेपालका हजारौं कैदी जेल तोडेर भागेपछि उनीहरु आउनसक्ने भन्दै सुरक्षा चुनौती देखाएर भिसा बन्द गरेको बताइएको छ । यद्यपी युएईले यस बारेमा अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।