Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

राष्ट्रिय महिला भलिबल टोली प्रशिक्षणमा (फोटोफिचर)

मिसन- २०२६ अन्तर्गत राष्ट्रिय महिला भलिबल टोली प्रशिक्षणमा रहेको छ ।

Volley_21758275750.jpg

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण रहेका महिला भलिबल टोलीको प्रशिक्षण अवलोकन गरेका छन् ।

Volley_11758275752.jpg

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणको अवलोकन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले उच्च मनोबलका साथ प्रशिक्षण गर्न खेलाडीको हौसला बढाएका थिए ।

Volley_51758275745.jpg

सोही अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकामा हुने काभा यु–१९ भलिबल प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई पनि सफलताका लागि शुभकामना दिए ।