Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेप्सेको नकारात्मक सर्किटमा अर्थमन्त्रीको चासो, अध्ययन गर्न बनाए कार्यदल

विहिबार तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको शेयर बजार बारे अध्ययन गर्न अर्थमन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले मन्त्री स्तरीय निर्णय गर्दै पाँच दिनको समय समय दिएर आम लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको सुझाव र ठोस कार्ययोजना दिन कार्यादेश दिइएको छ ।

कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्डक कामु कार्यकारी निर्देशक रुपेश केसी रहेका छन् भने सदस्यमा नेपाल राष्ट्र बैंकका शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयक उपसचिव शरद निरौला रहेका छन् ।

FM1758273820.jpg