Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

कृषि विकास बैंकले गर्‍यो सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरण सहयोग

कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको छ।

आज बिहीबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत युपिएस (UPS), इनभर्टर र ब्याट्री हस्तान्तरण गर्दै प्रहरी सेवा प्रवाहलाई पुनः सुचारू, सहज र भरपर्दो बनाउन सहयोग पुर्‍याएको हो।

उक्त कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक सुशील हुमागाँई, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेश निर्देशक चन्द्र बहादुर थापा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, प्रबन्धक बलिराम पुर्वे, युनियनका अध्यक्ष तथा महासचिवसहित अन्य कर्मचारीहरूको उपस्थिति थियो। त्यस्तै, कार्यक्रममा समाजसेवी तथा हास्य कलाकार किरण केसी (राता मकै), अन्य समाजसेवीहरू र प्रहरी नायब उपरीक्षकसहित प्रहरी कर्मचारीहरू समेत सहभागी थिए।


बैंकले यस्ता सहयोगमार्फत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै, सुरक्षा निकायको सेवा प्रवाहमा प्रत्यक्ष टेवा पु-याउने उद्देश्य राखेको जनाएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले प्रहरी प्रशासनको पुनःस्थापना र जनसेवाको निरन्तरताका लागि यस्ता सहकार्य अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गरेका थिए।