Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५२० मा कारोबार भएको थियो ।