Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न, सुखा–खडेरी प्रभावित समुदायमा राहत

हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा खानेपानी ट्यांकी निर्माण भइरहेको छ, सुखा–खडेरी प्रभावित समुदायमा आशा सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सुखा–खडेरी प्रभावित समुदायका लागि खानेपानी ट्यांकी निर्माण भइरहेको छ। World Vision International Nepal (WVI Nepal) को सहयोग, बागमती सेवा समाज नेपाल(BWSN) र राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्र (RRPK)को संयुक्त साझेदारी तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा सञ्चालित Nepal Drought Response Project 2025 अन्तर्गत सो निर्माण कार्य अघि बढाइएको छन्। 

WhatsApp Image 2025-09-18 at 20.52.56_17934b29.jpg

 

तराई क्षेत्रमा पछिल्ला वर्षहरूमा निरन्तर सुख्खा र खडेरीको समस्या देखिँदै आएको छ। जलवायु परिवर्तनका कारण भू–गर्भीय पानीका मुहानहरू सुकेका छन्, जसका कारण स्थानीय बासिन्दाले खानेपानीको चरम अभाव भोगिरहेका छन्। असमान वर्षाका कारण कहिले डुबान त कहिले सुख्खा हुने अवस्थाले दैनिक जीवनलाई कठिन बनाइरहेको छ। यस समस्यालाई कम गर्ने उद्देश्यले हरिपुर्वा नगरपालिकाका वडा नं. १, २, ५ र ६ मा गरी जम्मा ४ वटा खानेपानी ट्यांकीहरू निर्माण भइरहेको जानकारी बागमती सेवा समाजको स्पोन्सरशिप गुणस्तरीय नियन्त्रण अधिकारी रजना श्रेष्ठ ले गराउनु भयो। राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्रका कार्यक्रम व्यवस्थापक राम कुमार यादवले भने, “यो परियोजनाले समुदायलाई जलवायु संकटसँग जुध्न मद्दत गर्ने र दैनिक जीवन सहज बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।” WhatsApp Image 2025-09-18 at 20.54.01_c3088828.jpg

स्थानीय बासिन्दाले अब टाढासम्म हिंडेर पानी ल्याउने बाध्यता घट्ने र सरसफाइमा सुधार हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्रका कार्यक्रम व्यवस्थापक राम कुमार यादवका अनुसार, करिब अनुमानित १० लाख रुपैयाँ लागतमा भइरहेको यस कार्यले दीर्घकालीन रूपमा खानेपानीको पहुँच सुनिश्चित गर्नेछ। सुखा–खडेरीले कृषि उत्पादनदेखि दैनिक जीवनसम्म असर पारिरहेको अवस्थामा खानेपानी ट्यांकी निर्माण समुदायका लागि आशाको किरण बनेको छ।  “यस्तै, पर्सा गाउँपालिकामा बागमती सेवा समाज नेपाल, राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्र र World Vision International Nepal (WVI Nepal) को सहयोग तथा पर्सा गाउँपालिकाको (Parsa Rural Municipality) सहकार्यमा वडा नं. १, ३, ४ र ६ मा सामुदायिक खानेपानी ट्यांकी जडान भइरहेको छ। 

 

WhatsApp Image 2025-09-18 at 20.52.55_572a225f.jpg

जसमा पालिकाले खानेपानी स्ट्यान्ड ,धारा तथा जडान खर्च बेहोर्नेछ भने राष्ट्रिय रोज़गार प्रवर्द्धन केन्द्र, बागमती सेवा समाज नेपाल र World Vision International Nepal (WVI Nepal) को सहयोगमा करिब अनुमानित १० लाख रुपैयाँ लागतमा पाइप, ट्यांकी लगायतका सामग्रीहरू उपलब्ध गराइएको छ । तेसैगरी हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको टोल–टोलमा गर्भवती र स्तनपान गराउने महिला, RC बालबालिका, अति विपन्न घरपरिवार तथा समुदायको बुद्धिजीवीलाई समेत गरी २००० जनालाई सुख्खा–खडेरी सम्बन्धी अभिमुखीकरण प्रदान साथै फलायर वितरण गरिएको छ भने जानकारी जीविकोपार्जन कार्यक्रम अधिकृत श्री राजेश साहले दिनु भएको छ।

WhatsApp Image 2025-09-23 at 10.53.56_b4653afd.jpg
undefined

निमाण कार्यको अनुगमन र बेबस्थान दुवै सस्थाका कर्मचारीहरु, वार्ड पालिकाको सरोकारवालाहरुबाट सयुक्त रुपमा निरन्तर भैरहेको छ । हरेक सामुदायिक खानेपानी ट्यांकी जडान स्थानमा “पानीको सदुपयोग गरौँ । ब्यक्तिगत स्वच्छतालाई ध्यान दिऔँ” संदेश सहित हात धुने बिधिको भितेलेखन पनि गरिनेछ ।