Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिके राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम

जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् छन् । 

जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन् । उनीहरुले पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावना विपरीतका गतिविधि गरेको भन्दै राजीनामा माग गरिएको छ ।

राजीनामा माग गर्ने नेताहरूमा उपाध्यक्ष  खानसहित केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन् ।

CK1758113479.jpg
undefined