Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेनलाई हर्क साम्पाङको जवाफ: देश रोएको बेला ऊ हाँस्दै बसेको छ

पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ ।

यसअघि पटकपटक बालेनलाई लक्षित गरेर हर्कले सामाजिक सञ्जाल फेसबुकमा निरन्तर लेख्न थालेपछि केही घण्टाअघि काठमाडौंका मेयर बालेन साहले धरानका मेयर साम्पाङलाई आइ लभ यु भनेका थिए ।

हर्कले बालेनको त्यही स्टाटसलाई लक्षित गरेर जवाफ फर्काएका हुन् । उनले बालेनमाथि गम्भीर आरोप समेत लगाएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’