Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १६ सैनिक घाइते

मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् । 

मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तनहुँस्थित नम्बर २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईको पुलबाट करिब १०-१२ फिट तल खोल्सामा खसेको थियो ।

दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार रहेको बताइएको छ । मकवानपुर र बारा दुवैतर्फका प्रहरी र नेपाली सेनाकै सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।