Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

समाजसेवी नवराज अम्गाईं भन्छन्-  आत्मसम्मान, राष्ट्रिय गौरव र पहिचानका लागि सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं

समाजसेवी तथा युवा पर्यटन व्यवसायी नवराज अम्गाईले जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको सिंहदरबारलाई पुनः निर्माण गर्न नेपाली स्वयंले जिम्मेवारी लिनुपर्ने सुझाव दिएका छन्। यस उद्देश्यका लागि उनले आफूले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

अम्गाईले प्रधानमन्त्री सुशिला कार्कीलाई सिंहदरबार पुनर्निर्माणका लागि विशेष कोष स्थापना गर्न आग्रहसमेत गरेका छन्। उनका अनुसार, “यदि प्रधानमन्त्रीज्यूले पुनर्निर्माण कोषको घोषणा गर्नुभयो भने मेरो तर्फबाट एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउनेछु।”

उनले मात्र होइन, सबै नेपालीलाई ऐतिहासिक तथा राष्ट्रिय महत्वको संरचना पुनःनिर्माणमा सामूहिक सहभागिता जनाउन आह्वान पनि गरेका छन्। “सबैले आवाज उठाऔं, जुटेर सहयोग गरौं,” भन्दै अम्गाईले सिंहदरबारलाई पुनः गौरवमय बनाउन सहकार्य अपरिहार्य रहेको बताए।