Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सिंहदरबार पुनःनिर्माणका लागि समाजसेवी नवराज अम्गाईंले गर्ने एक लाख रुपैयाँ सहयोग प्रतिबद्धता

जेनजी आन्दोलनबाट ध्वस्त भएको सिंहदरबार पुनःनिर्माण अब नेपालीकै हातबाट हुनुपर्ने भन्दै गोरखा जिल्लाका स्थायी बासिन्दा समाजसेवी तथा युवा पर्यटन व्यवसायी नवराज अम्गाईले राष्ट्रिय अभियान सुरु गर्ने घोषणा गरेका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारमा लागेको आगलागीको तस्वीर सार्वजनिक गर्दै उनले पुनर्निर्माण कोष स्थापना गर्न आग्रह गर्दै प्रारम्भिक चरणमा आफ्नो तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै अम्गाईले भनेका छन्, “सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं। प्रधानमन्त्रीज्यूले पुनर्निर्माण कोष स्थापना गर्नुभयो भने मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग निश्चित छ।” उनका अनुसार यो केवल एउटा ऐतिहासिक भवन पुनःस्थापना गर्ने कुरा मात्र नभई, सम्पूर्ण नेपालीको आत्मसम्मान, राष्ट्रिय गौरव र पहिचान पुनःनिर्माण गर्ने प्रक्रिया हो।