Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हर्कप्रति बालेनको प्रेम- मलाई जति गाली गरे पनि तिमीलाई माया गर्न छोड्दिन !

काठमाडौँ महानगरका मेयर बालेन शाहले हर्क साम्पाङलाई जति गालि गरेपनि माया गर्न नछोड्ने बताएका छन् ।

पछिल्ला केहि दिनदेखि साम्पाङले बालेनलाई तथानाम भन्दै स्ट्याटस लेखिरहेपछि बालेनले सामाजिक सञ्जालमा लेख्दै हर्कलाई माया गर्न नछोड्ने बताएका हुन् । माया गर्न छोड्दिन भन्दै बालेनले एक तर्फी नै सही, तर आफ्नो माया साँचो भएको बताएका छन् ।

उनले भनेका छन्-
 डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.